सङ्क्रामकको सूचीमा ५२ वटा रोग

Published on

काठमाडौं । सरकारले नेपाल राजपत्रमा ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको जनाएको छ । सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड १९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एच आइभी र एड्स, इन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस, रुबेला, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग र निमोकोकल निमोनिया रहेका छन् ।

त्यस्तै, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएजा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीज सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, निजियोनेलोसिस, इचिनोकोकोसिस हाइडैटिडोसिस, एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिस्टिसर्कोसिस टेनियास, चिकुनगुनिया, जिका, कयु फिवर, लासा फिवर, रिफ्ट भ्याली फिवर गरी ५२ वटा सङ्क्रामक रोगको सूचीमा राजपत्रमा प्रकाशित छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...