दलहरु विपद् जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्छ : नेता महर

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनताका समस्याप्रति संवेदनशील बन्न संसद् र सरकारलाई आग्रह गर्नुभएको छ । प्रकोप नियन्त्रणका लागि हाम्रो अभियानले आइताबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणमा राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा नेता महरले सो कुरा बताउनुभएको हो ।

समग्र सदन र सरकार जनताका एजेन्डामा केन्द्रित हुनुभन्दा दलगत फाइदा र बेफाइदामा अल्झिएको गुनासो उहाँले गर्नुभयो । अहिले देश भीषण वर्षासँगैको बाढीपहिरोले आक्रान्त बनेकाले सबै राजनीतिक दल जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने महरको धारणा छ। ‘विपद्जन्य घटनामा परेर दर्जन हाराहारी नागरिकले ज्यान गुमाइसक्नुभएको छ। ‘सयौँ परिवार विस्थापित हुँदा करोडौँको क्षति भएको छ। यस्तो अवस्थामा सरकार र सदनले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु निकम्मापन हो’ उहाँले भन्नुभयो । जनताका मुद्दामा केन्द्रित रहेर नीति निर्माण गर्नुपर्ने संसद् खाली सरकार बनाउने र भत्काउने काममा व्यस्त देखिएको उहाँको आरोप छ। ‘जनताका आवश्यकताभन्दा सरकारमा बसेकाहरूले आफ्नो नैतिक दायित्व बिर्सिएर राहत र उद्धार कार्यमा तदारुकता देखाउन सकेका छैनन्’ उहाँले भन्नुभयो ।

समयमै जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणका लागि उचित नीति निर्माण गरेर कार्यान्वयन गर्न सकेको भए आज यस किसिमको अस्तव्यस्तताको सामना गर्नु नपर्ने महरको भनाइ छ। जनताको पीडा संसद् र सरकारलाई दुख्नु पर्ने र सबै राजनीतिक दलले राहत तथा उद्धारमा केन्द्रित हुनुपर्ने उहाँको सुझाव छ । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...