कोहलपुरका तीन हजार घर डुबानको उच्च जोखिममा

Published on

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।

कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सो कुराको जानकारी गराउनुहुँदै आइतबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको बताउनुभयो । उहाँले अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको बताउनुभयो ।

एक पटकको ठुलो वर्षा भई सकेर नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परिसकिएपछि मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरिएकोमा त्यसको सर्वसाधारणले आलोचना समेत गरेका छन् । कोहलपुर ८ का स्थानीय स्थानीय दिनेश थापाले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ कार्यान्वयन गरेर जाने बेलामा पारित गरिएकोले अब हुने सबै काममा ढिलाइ हुने गुनासो गर्नुभयो । उता, कोहलपुरका विपद् व्यवस्थापन शाखा प्रमुख वीरबहादुर थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको जनाउनुभयो । उहाँका अनुसार समितिले यो बर्खायाममा बाढी र डुबानबाट नगरका १५ वडाका तीन हजार एक घरधुरीका १३ हजार ६३० परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ जनाउँदै सबैभन्दा धेरै वडा नम्बर १, ८, ९, १२, १३ र १४ मा बाढी र डुबानको जोखिम देखिएको छ ।

प्रतिकार्य योजनामा वडा नम्बर १२ मा एक हजार घरधुरीका चार हजार दुई जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारुगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ । यसैगरी, वडा नम्बर १३ का सिमरी, झोलुङ्गे पुलको दायाँबायाँ, भरैया, थारुगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरी १७५ घरधरीका ७४० परिवार प्रभावित हुने अनुमान गरिएको छ । वडा नम्बर १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् । वडा नम्बर ८ का आठ सय घरधुरीका तीन हजार दुई सय परिवार जोखिममा रहेका छन् । सो वडाका मुन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नम्बर ९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका एक हजार १९५ परिवार प्रभावित हुने आङ्कलन गरिएको छ । वडा नम्बर एकका सबै टोल जोखिममा रहेका छन् । सो वडाका १५० घरधुरीका ७५० परिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

यसैगरी, वडा नम्बर १० मा एकतानगर, चटार गाउँ, रामनगर, जीवनज्योति स्कुल आसपास, डुडुवाखोला आसपासका १२० घरधुरीका छ सय परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला बग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रका सर्वसाधारणलाई बाढी र डुबानको जोखिममा पार्ने गरेका छन् । गोरखापत्र

ताजा समाचार

लवाङ्गी पूजा गरेर नयाँ धानको भात

काठमाडौँ । थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

काठमाडौँ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक...

वडालाई सबल र व्यवस्थित बनाउनेछु

मंसिर १६ गते देशभर स्थानिय तहको उपनिर्वाचन हुँदैछ । १६ गते हुने उपनिर्वाचनमा स्थानिय...

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

काठमाडौँ । रामेछाप गेलुका उज्ज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग...