भीमसेन थापा गाउँपालिकामा सामूहिक दुर्घटना बिमा कार्यक्रम

Published on

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०(२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । नेपालमा हरेक १० वर्षमा जनसङ्ख्याको जनगणना गरी तथ्याङ्क निकाल्ने गरेको छ । सोही अनुसार २०७८ को जनगणनाको तथ्याङ्क अनुसार भीमसेन थापा गाउँपालिकामा जम्मा १६ हजार ९ सय ८६ जनसङ्ख्या रहेको छ । कुनै पनि कारणले दुर्घटना भई उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाभित्र रहेका सबै नागरिकहरूको सामूहिक दुर्घटना बिमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले दुर्घटना बिमा कार्यक्रम अन्तर्गत प्रति व्यक्ति प्रिमियम रु ७१ रुपियाँ राष्ट्रिय कम्पनी लिमिटेडलाई भीमसेन थापा गाउँपालिकाले भुक्तानी गर्दै आएको उहाँले बताउनुभयो ।

भीमसेन थापा गाउँपालिकाले आफ्नै मापदण्ड बनाएर गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका नागरीहरूलाई मात्र ५० हजार बिमाङ्कन बराबरको बिमा सुविधा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका नागरिकहरू दुर्घटनामा परेमा १० हजार बराबरको रकम ब्यार्होने छ भने दुर्घटना भई मृत्यु भएमा मृतकको परिवारले रु ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीकारीले बताउनुभयो । दुर्घटनामा घाइते भएकाहरूलाई सम्बन्धित अस्पतालको बिलसँगै सिफारिसको आधारमा गाउँपालिकाले राष्ट्रिय कम्पनी लिमिटेडलाई पठाउँछ र सोही आधारमा पालिकाको नाममा रकम आएपछि पालिकाले सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्दै आएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट १८ जनाले लाभ लिएका छन् । यस कार्यक्रमले भीमसेन थापा गाउँपालिका बासिन्दाहरूलाई निकै राहत मिलेको भीमसेन थापा गाउँपालिका(४ का स्थानीय कृष्ण कुमार श्रेष्ठको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...