मिसेस ब्युटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न

Published on

काठमाडौं । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनबाट १५ जना छनोट गरिएको छ । उपत्यकालगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौँ आउनुभएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताउनुभयो ।

उहाँले विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताका लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...