पाँच हजार ट्रेडमार्क दर्ता

Published on

काठमाडौं । चालुु आर्थिक वर्षको ११ महिनामा साढे पाँच हजार टे«डमार्क दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म स्वदेशी र विदेशी गरी पाँच हजार ४९४ ट्रेड मार्क दर्ता भएका हुुन् । जेठ महिनामा मात्र ४२३ वटा टेड मार्क दर्ता भएका हुुन् । कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार, वा शब्दलाई ट्रेडमार्क भनिन्छ । पुराना फाइल किलियर भएकाले पनि धेरै सङ्ख्यामा यो वर्ष दर्ता भएको विभागले जनाएको छ ।

विभागले वस्तुु तथा सेवामा टे«डमार्क जारी गर्छ । ११ महिनामा ८९ वटा ट्रेडमार्कसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । जेठ महिनामा मात्र ३३ वटा ट्रेडमार्कसम्बन्धी मुुद्दामा कारबाही गरिएको विभागले जनाएको छ । व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महìव र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको व्रmम बढेको, धेरै उद्योगका एउटै ट्रेडमार्क परेको आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ । पेटेन्ड डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता भई सञ्चालन हुने गर्छ । प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नु पर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।

ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरिबाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुरा सरकारले जफत गर्ने कानुनी प्रावधान छ । यस्तै ११ महिनामा दुुई वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएको विभागले जनाएको छ । ४५ वटा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...