अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

Published on

काठमाडौं । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।” रासस

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...