बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

Published on

काठमाडौं । मोरङको पथरीशनिश्चरे–४ स्थित भागीरथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक विद्यार्थी खोज्न मोरङका पालिकामा पुगेका छन् । सीटीइटीभिटीबाट मान्यता प्राप्त तीनवर्षे बालीविज्ञान विषयमा कोटा वृद्धि भएपछि विद्यालयका शिक्षकहरू विद्यार्थी खोज्न गाउँगाउँ पुगेका हुन् । तीन वर्षअघि सुरु भएको बालीविज्ञानमा यसअघि अधिकतम २० जनाले पढ्न पाउँथे । हाल ४० जना विद्यार्थीले पढ्न पाउने भएपछि विद्यालय विद्यार्थी खोज्न नजिकका पालिकामा पुगेको हो । बालीविज्ञान विषयका विद्यालय संयोजक चेतन पौडेलले भन्नुभयो, ूपुरानो आइएस्सी एजी जत्तिकै मान्यता प्राप्त पढाइ हो ।देशमा जनशक्तिको उच्च माग रहेको तर, थोरै खर्चमा पढाइ हुन्छ भन्ने थाहा नभएर विद्यार्थीहरूले पढ्न नपाइरहेकोले सूचना दिन पालिका पालिका पुगेको संयोजक पौडेलले बताउनुभयो ।

सीटिइभिटीसँग सम्बन्धन लिएका निजी तथा कलेजहरूले ३ लाख ५० हजार रुपियाँ लिएर ३ वर्षे कोर्ष पढाइरहेका छन् । भागीरथ माविले १ लाख ७८ हजार रुपियाँमा यो कोर्ष पढाउने भएको छ । गाउँपालिकाले वा नगरपालिकाले १ लाख ७८ हजारमा २ जना विद्यार्थी पढाउन सक्ने गरी ब्यवस्था मिलाइएको संयोजक पौडेलको भनाइ छ । प्राविधिक धारमा बालीविज्ञान विषय पढाउन पथरीशनिश्चरे नगरपालिकाले हालसम्म विद्यालयमा १ करोड खर्च गरिसकेको छ । पूर्वाधार निर्माण र प्रयोगात्मक शैक्षिक सामग्रीमा अरु खर्च भएको छ । झण्डै १ करोड ५० लाख रुपियाँ खर्च भइसकेपछि कोटा अनुसार विद्यार्थी पढाउन सक्दा लागत खर्च पनि घट्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीले बताउनु भयो । कार्कीले भन्नुभयो, सस्तो मूल्यमा प्राविधिक शिक्षा पढ्न पाइने मात्र भएन । कृषि प्राविधिकमा सरकारले जनशक्ति माग्दा, माग अनुसार फर्म भर्नेसम्म जनशक्ति नभएको पाएका छौं । त्यसैले अलि बढी जोड गरेका हौं । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...