नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

Published on

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।

नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च भएको छ ।

सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको लेखा प्रमुख रावतले जानकारी दिनुभयो । यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपियाँ मात्रै प्राप्त भएको छ । स्थानीय तहहरुमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरभित्र पुँजीगततर्फ सतप्रतिशत खर्च हुने अवस्था निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी वर्ष सबैको साथ र सहयोगमा पुँजीगत खर्च सतप्रतिशत पुर्‍याउन सकिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरले २३ वटै वडामा वडा कार्यालयको अलगै खाता सञ्चालन गरी आर्थिक कारोबारको अधिकार दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...