सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

Published on

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका(३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो । तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताउनुभयो । “पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।” वडा नम्बर २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उहाँले उल्लेख गर्नुभयो ।

वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिको बिहीबार बस्ने विपद व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताउनुभयो । वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उहाँले बताउनुभयो । “तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’सहित जाने कार्यक्रम छ”, वडा अध्यक्ष चौधरीले भन्नुभयो, “तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ । नगर तथा विपद व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ । स्याली र सनवोरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उहाँको भनाइ छ । पुल वि।सं।२०७३ मा ७० लाखको लागतमा निर्माण भएको थियो । पुलको लम्बाइ एक सय मिटर छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...