नेपालको लगातार हार

Published on

काठमाडौं । नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो लगातार पराजय हो ।

नेपाल पहिलो खेलमा ३३ रनले हारेको थियो । श्रीलङ्कामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सो पालिमा कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाउनुभयो । कप्तान इन्दु वर्माले पनि अविजित २८ रनको उपयोगी पालि खेल्नुभयो । श्रीलङ्काकी देउमी भिहन्गाले २० रनमा तीन र एस। सन्दिपनीले १३ रनमा दुई विकेट लिएर नेपाललाई सामान्य स्कोरमा रोक्नुभयो । घरेलु टिमले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १०७ रन बनाएर लक्ष्य हासिल गर्यो । श्रीलङ्काका लागि एन। सिनार्थनेले सर्वाधिक २७ रन बनाउनुभयो । नेपाली महिला टिम अहिले एसिया कप क्रिकेटको तयारीको क्रममा श्रीलङ्कमा रहेको छ । श्रीलङ्कामा नै एसिया कप हुँदै छ ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...