एक महिनामा पाँच अर्बभन्दा बढी भुक्तानी

Published on

काठमाडौं । जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णाली प्रदेशमा यस वर्ष पनि दोहोरिएको छ । जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको प्रदेश सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको हो । सरकारले असारका २३ दिन (आइतबारसम्म) पाँच अर्ब ७६ करोड ३३ लाख ८४ हजार ११०.६५ रुपियाँ बजेट खर्च गरेको छ । असारमा योजना कार्यान्वयनमा भन्दा पनि भुक्तानी बढी जान्छ तर जेठसम्म कार्यान्वयनमा नगएका कतिपय योजना पहुँचका आधारमा असारमा काम गरेर असारमै भुक्तानी लिने प्रचलन कर्णालीमा छ । यद्यपि असारमा गरिएको कामको गुणस्तर कमजोर रहन्छ ।

विशेष गरी असारमा विकास बजेट बढी खर्च हुन्छ । चालु आवमा पुँजीगततर्फ १९ अर्ब ५७ करोड ४८ लाख ९५ हजार र चालुतर्फ १३ अर्ब बराबरको वार्षिक बजेट थियो । आइतबारसम्म पुँजीगत बजेट जम्मा ४७.१० प्रतिशत अर्थात् नौ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५६४.०९ रुपियाँ कार्यान्वयनमा आएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ललित थापा बताउनुहुन्छ । यसै अवधिमा चालुतर्फ भने ६६.५८ प्रतिशत अर्थात् नौ अर्ब २१ करोड २३ लाख ३२ हजार १२१.३७ रुपियाँ खर्च भएको छ । चालु खर्च बढिरहँदा विकास खर्चमा बढावा दिनेतर्फ भने सरकार चुक्दै गइरहेको छ ।

असार महिनाको २३ दिनमा मात्रै पुँजीगत बजेट तीन अर्ब ३६ करोड ९७ लाख ८६ हजार ९६.८६ रुपियाँ खर्च भएको छ । विकास बजेट सोमबार मात्रै कुल बजेटको पाँच प्रतिशतको हाराहारीमा भुक्तानी हुने अनुमान गरिएको छ । प्रदेश सरकारले सधैँ भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । उक्त क्षेत्रको बजेट कार्यान्वयन कहिल्यै हुँदैन । जसका कारण कर्णाली अझै पनि विकासपथमा लम्किन सकिरहेको छैन । यो वर्ष बजेट कार्यान्वयन कमजोर हुनुका पछाडि टुक्रे योजना कार्यान्वयनमा नजानु र महìवपूर्ण कार्यक्रम लागु नहुनु हो । एक अर्बभन्दा बढी बजेट रहेको कर्णाली समृद्धि परियोजना कार्यान्वयनमै आउन सकेन ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...