नदीमा बेपत्ता युवक फेला परेनन्, खोजी जारी

Published on

काठमाडौं । असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुवेर बेपत्ता भएका नेपालगन्ज २० का एक प्रुष अझै फेला पर्नुभएको छैन ।

गत पाँच दिनदेखि उहाँको खोजी कार्य भइरहे पनि अझ उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाँउका ४२ वर्षीय सुशीलप्रसाद दाहाल बेपत्ता हुनु भएको थियो । प्रहरीले तत्काल दाहालको खोजी कार्य सुरु गरेर हालसम्म खोजी जारी राखे पनि उहाँ फेला नपरेकाले अब नदीको तटीय क्षेत्रका वासिन्दालाई निगरानी गर्न आग्रह गरिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी बिमल डाँगीले बताउनुभयो ।

उहाँले दाहाल डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजिकार्य गरिएको बताउनुभयो । दाहालको खोजीका लागि मोटरबोटको प्रयोग गर्नुका साथै शसस्त्र प्रहरीको नौ जनाको बिशेष गोताखोर टोलीलाई परिचालन गरेर सम्भावित सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको एसपी डाँगीले बताउनुभयो । चार दिनसम्म खोज्दा समेत पत्ता नलागेपछि नदीको तटीय क्षेत्रका वासिन्दालाई सो बारेमा जानकारी गराएर केही देखिएमा खबर गर्न आग्रह गरिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । गत साता भएको निरन्तर बर्षाका कारण बाँकेका सबैजसो खोला र नदीमा बाढी आएकाले ती नदी र खोलामा पानीको बहाव र सतह धेरै बढेको थियो । अहिले ती खोला र नदीको सतह घटेको छ । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...