स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु. ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो । निजलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...