जिल्ला प्रशासन गुल्मीमा विद्युतीय टोकन सिस्टम सुरु

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ । सेवाग्राहीको भीड र लामो लाइन लगाएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो ।

प्रशासनमा सेवाग्राहीको भीड लाग्ने र सेवा लिनका लागि तँछाडमछाड गर्ने भएकाले सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टममा राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र र राजस्वका लागि बैङ्क सेवामा टोकन लिन सकिने व्यवस्था गरिएको छ । सेवाग्राहीले लिएको टोकनको नम्बर अनुसार पालो आउने भएकाले सहज रुपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने शर्माको दाबी छ।प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले अब बिना झन्झट कसैको भनसुन नलगाई सेवा लिन सकिने व्यवस्था गरेकाले यसलाई सधै कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रह गरेका छन् ।

दुई लाखभन्दा बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन ग्लोबल आइएमइ बैंकले प्रशासनलाई सौजन्य गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टम सुरु भएपछि प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...