सूर्योदयमा अठासी प्रतिशत खर्च

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको बर्खे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ बाट सुरु भएको १५ औँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको छैटौँ बैठकले स्थानीय वनको प्रवर्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, नगर सडक यातायात गुरुयोजना पुनरवलोकनसम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र विपत् उत्थानशील योजना पारित गरेको छ ।

नगर सभाको बर्खे अधिवेशनबाट नीति कार्यव्रmम, आगामी वर्षको वार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ । नगर सभाको अधिवेशन अन्त्य गर्दै नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि सबैले पहल र साझेदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सूर्योदय नगरपालिका अन्य पालिकाका लागि सिकाइको थलो बन्दै गएकाले नमुना नगर बन्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

यस अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षका लागि एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ । चालु आवको समाप्तिसँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८.३८ प्रतिशत खर्च गरेको छ । कुल एक अर्ब नौ करोड ५८ लाख ७५ हजार ७८१ वार्षिक बजेटमध्ये ९६ करोड ८५ लाख ६८ हजार ५९४.२४ खर्च गरेको छ । चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार १७० विनियोजन मध्ये ६१ करोड ६० लाख ७८ हजार ९८९.१६ अर्थात ८८.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चका लागि ३९ करोड ७५ लाख ७६४ विनियोजनमध्ये ३५ करोड २४ लाख ८९ हजार ६०५.०८ अर्थात् ८८.६८ प्रतिशत खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३ औँ अधिवेशनबाट पारित भएको हो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...