बर्खा लागेपछि पीडितलाई दोस्रो किस्ता

Published on

काठमाडौं । गत वर्षको कात्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीलाई अस्थायी आवास निर्माणबापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पबाट प्रभावित घरपरिवारलाई आवास निर्माण कार्यविधि २०८० ले निर्दिष्ट गरेबमोजिम अस्थायी आवासका लागि दोस्रो किस्ताको रकम पठाइएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म लाभग्राही कायम भएका ३२ हजार ९९६ जनालाई २५ हजार रुपियाँको दरले पहिलो किस्ताको रकम उपलब्ध गराइसकिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार दुई जनाले अझै पनि पहिलो किस्ताकै अनुदान रकम पाएका छैनन् । अस्थायी आवास बनाएका लाभग्राहीमध्ये हालसम्म चौरजहारी नगरपालिकाका दुई हजार ९४५, आठबिसकोट नगरपालिकाका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणी गाउँपालिकाका चार हजार ३८८ जनाका लागि दोस्रो किस्ताबापतको ४० करोड रुपियाँ निकासा पठाइएको छ ।

लाभग्राही कायम भएकामध्ये १६ हजारलाई दोस्रो किस्ताको रकम पठाइएको छ भने थप रकम माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले पालिकाबाट माग भई आएका आठबिसकोट नगरपालिका दुई हजार ९८५ जना, बाँफीकोट गाउँपालिकाका दुई हजार ४२५ जना र त्रिवेणी गाउँपालिकाका ३३७ जना गरेर पाँच हजार ७४७ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरिएको छ । पालिकाले विपत् पोर्टलमा समावेश भएका लाभग्राही अनुसार रकम माग गरेको आधारमा प्रशासनले प्राधिकरणमा माग गर्ने गरेको छ । आर्थिक वर्ष समापन हुँदासम्म पनि टहरा निर्माणको अनुदान रकम नपाएको भन्दै समस्या भएको पीडितको गुनासो रहेको छ । पुनर्निर्माणको काम सुरु गर्ने बेला टहराकै रकम पाउन नसकेको उनीहरूको गुनासो छ । आठबिसकोट नगरपालिका–१४ का विराज परियारले ऋण निकालेर टहरा बनाएको तर सरकारबाट अझै पनि सबै रकम नपाएको पीडा पोख्नुभयो ।

उहाँका अनुसार बर्खायाममा टहरामा बस्नु पर्दा थप समस्या झेल्नु परेको छ । अस्थायी रूपमा बनाइएका अधिकांश टहरामा पानी चुहिने समस्या रहेको छ । आकाशको पानी टहराभित्रै पस्दा घरायसी सामग्री जोगाउन मुस्किल परेको परियारले बताउनुभयो । भूकम्प गएको महिनौँ बितिसक्दा पनि कतिपयले पहिलो किस्ताकै रकम पाएका छैनन् भने लाभग्राही कायम भएका अधिकांशले दोस्रो किस्ताबापतको रकम पाएका छैनन् । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...