काँग्रेस र एमाले मिल्दा प्रतिगमनको डर छ : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस र नेकपा ९एमाले० मिल्दा प्रतिगमन र निरंकुशताको डर रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा आफ्नो धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले संसदको पहिलो र दोस्रो ठुलो दललाई विश्वासले नजोडेको जिकिर गर्नुभयो । उहाँले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने अभ्यास रहेको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको खतरा रहको उहाँले आशंका व्यक्त गर्नुभयो । नियत सफा भएमा पहिलो र दोस्रो दल मिल्न बन्द कोठा नचाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्रीमा रहुँला नरहुँला, म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोस्रो ठलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो ।’ तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन रु उहाँले प्रश्न गर्नुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...