अझै खुलेन कर्णाली कोरिडोरको खच्चा खण्ड सडक

Published on

काठमाडौं । जिल्लाभित्र पर्ने कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चा खण्डको सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएको ९ दिन बितिसक्दा पनि अवरुद्ध सडकको मर्मत कार्य नभएपछि सडक सुचारु हुन नसकेको हो । गत बिहीबार बेलुकाबाट शुक्रबार बिहानसम्म खच्चामा अवरुद्ध रहेको सडकलाई मर्मत गर्ने कार्य नगरिएको कारण यातायात सेवा बन्द भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । सडक कार्यालय बाजुराको कोल्टीले बिहीबार मेसिन लगाएर सडक मर्मत गर्न खोजे पनि भारी वर्षाको कारण काम गर्न नसकिएको उहाँले बताउनुभयो । त्यसैगरि सर्केगार्ड गाउँपालिका–४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ । शुक्रबारयता खार्पुनाथ गाउँपालिकाको सुनाखाडादेखि बोक्चे गौडासम्म सात स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।

नौ दिनदेखि अवरुद्ध हुँदै आएको हुम्ला जिल्लामा पर्ने कर्णाली करिडोर लगाएतका आन्तरिक सडकहरु अझै खुल्न सकेका छैनन् । वर्षाको कारण सबै भन्दा पहिले सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाए पछि सडक अवरुद्ध हुन सुरु भएको थियो । पुल बगाएपछि सो खण्ड बन्द रहेको छ । त्यसैगरि आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट गाउँपालिकाको बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएको कारण सडक हिलाम्मे भएको छ । शुक्रबार बिहाननैबाट पुन वर्षा सुरु भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...