गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ

Published on

काठमाडौं । गण्डकी प्रदेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ । केही दिनयता मनसुन सक्रिय भएसँगै किसानहरु रोपाइँमा व्यस्त छन्। प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा बढी कास्कीमा ६ हजार ९ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका केही जिल्लाहरुमा अधिकांश क्षेत्रमा असार भित्रै रोपाइँ सकिने छ ।

यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि १ लाख हेक्टर वरिपरि वर्षे धान लगाइने रेग्मीले बताउनुभयो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...