खोरेत रोग मुक्त अभियानमा प्रदेश सरकार

Published on

काठमाडौं । पशुहरुमा देखिने खोरेत रोग मुक्त प्रदेश बनाउन कोशी प्रदेश सरकार जुटेको छ । दुधबाट बन्ने विभिन्न परिकार र मासुजन्य उत्पादनमा राम्रो रहेको कोशी प्रदेशलाई खोरेत मुक्त गराउने अभियानमा जुटेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताउनुभयो ।

‘कोशीमा उत्पादन भएका पशुजन्य वस्तुको विदेश निर्यातका लागि पहिलो शर्त खोरेत मुक्त प्रमाणपत्र हुन्छ । अब खोरेत मुक्त गर्न प्रदेशका १४ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गर्ने र किसानलाई सहयोग गर्ने कार्यक्रम छ’ मन्त्री रानाले भन्नुभयो, ‘यहाँबाट घिउ, छुर्पी, दुध, दुधका परिकार र मासुजन्य उत्पादन राम्रोसँग निर्यात गरी किसानको आर्थिक अवस्था सुदृढ गर्न सकिन्छ । यसैबिच लम्पी स्किन रोगबाट ठुलो क्षति व्यहोरेको इलाममा इलाममा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको छ । देशमा संघीय संरचनापछि जिल्लाबाट हटाइएको जिल्ला पशु सेवा कार्यालयलाई अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा स्थापना गरिएको हो ।

कार्यालयको मन्त्री रानाले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै मन्त्री रानाले खोरेत रोग मुक्त प्रदेश बनाउन यो वर्ष बजेटको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । जिल्लामा केन्द्रको स्थापना गरिएपछि पशुपालन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा लिइएको किसान प्रतिनिधि महानन्द ओझाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...