बाढीपहिरामा परी वेपत्ता नागरिकको छिटो खोजी तथा उद्धार गर्न कांग्रेस नेता कोइरालाको माग

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो । प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उहाँले आग्रह गर्नुभएको छ । बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...