बाढीपहिरामा परी वेपत्ता नागरिकको छिटो खोजी तथा उद्धार गर्न कांग्रेस नेता कोइरालाको माग

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो । प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उहाँले आग्रह गर्नुभएको छ । बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रासस

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...