पहिरोमा ज्यान गुमाएकालाई राहत

Published on

काठमाडौं । पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ ।

भीरकोट नगरपालिका –५ ज्यामिरेमा पहिरोमा परेर मृत्यु भएका खेमकुमारी मल्लका परिवारलाई राहत हस्तान्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । ७२ वर्षीय मल्लको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो । पूर्ण रुपमा घरगोठ गुमाएका मल्लका छोरा–बुहारीहरु अहिले आफ्ना दाजुभाइको घरमा बसेर काजकिरिया गरिहेका छन् । घरमै पुगेर ८० हजार राहत हस्तान्तरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

विपदमा परी निधन भएकाको परिवारले पाउने रकम दुई लाख ८० हजार मध्येबाट उक्त रकम हस्तान्तरण गरिएको र बाँकी रकम परिवारले प्रक्रियागत रुपमा खाता खोलेपछि पाउने पौडेलले बताउनुभयो । त्यस्तै, नेपाल सरकारले घरमा पूर्ण क्षति भएकालाई नयाँ घर निर्माणका लागि विपद व्यवस्थापन कार्यविधि निर्माण गरेर नगरपालिकाको सिफारिसमा किस्ताबन्दीमा अधिकतम चार लाखसम्म दिने प्रावधान रहेको उहाँले बताउनुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको टोली पनि विपदमा ज्यान गुमाउनुभएका मल्लको परिवारका बिभिन्न राहत सामग्री प्रदान गरेको छ । मनसुनसँगै बाढी पहिरोले ज्यान गुमाएकामध्ये फेदिखोला ५ का आमाछोरी दुर्गा जिटी र छोरी निसीका जिटीको परिवारलाई राहत रकम दिइसेको छ । यस्तै, बिरुवा, भिरकोट, आधिखोला र पुतलीबजारमा भने राहत बितरण गर्न बाँकी रहेको पौडेलले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...