नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

Published on

 लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । 

उहाँकानुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिनुभयो ।  सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । रासस

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...