मस्त निद्रामा पहिरोसँगै नदीमा बग्यो यात्रुबस

Published on

काठमाडौं । अविरल वर्षा, मस्त निद्रामा रहेका यात्रु अनि आफ्नै गतिमा गन्तव्यतर्फ चलिरहेको यात्रुबस त्रिशूलीमा डुब्दा वीरगन्ज–काठमाडाँै रुटको बसमा सवार एकै परिवारका तीनसहित १४ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोमा परी पर्साका १४ जना बेपत्ता भएका हुन् । पर्साको रङ्गपुरबाट वीरगन्ज हुँदै काठमाडौँका लागि छुटेको प्रदेश ३–०१००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार २४ मध्ये १४ जना पर्साकै हुन् । २१ जना यात्रु र तीन जना बसका कर्मचारी गरी २४ जना सवार यात्रुबस शुव्रबार बिहान साढे तीन बजे पहिरोको लेदोसँगै बगाएको हो ।

शोकाकुल छन् परिवार

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार सखुवा प्रसौनी गाउँपालिका–२ जमुनियाका हृदयनारायण चौधरी थारू, उहाँकी पत्नी भगवती थरुनी र छोरी चन्द्रप्रभा बससँगै बेपत्ता हुनुभएको छ । उहाँका अनुसार उक्त बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका–३, कटैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता हुनुभएको छ । बसका चालक वीरगन्ज महानगरपालिका–१६ नगवाका जवाहिर महतो, उहाँका मितभाइ वीरगन्ज महानगरपालिका–१६, नगवाका हरिन्द पण्डित, बसका सहयोगी कुमार र बसका कन्डक्टर बसधनीका भाइ काठमाडौँ निवासी राजेन्द्र केसी पनि बेपत्ता हुनुभएको छ । त्यसै गरी वीरगन्ज बसपार्कका रवीन दुबे, रघुनाथपुरका सलिम मियाँ, उहाँकी पत्नी जैनब खातुन, रामनगरीका सुजितसहित दुई जना, वीरगन्ज चिनीमिल पिपराका प्रकाश पटेलसहित दुई जना पनि बससँगै त्रिशूलीमा बेपत्ता हुनुभएको हो । वीरगन्जस्थित एन्जल डिलक्स टिकट काउन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार बसमा सात जना भारतीय नागरिक र दुई जना बारा जिल्लाका रहनुभएको थियो । बाराको मुसहर्वाका प्रमानन्द पण्डित र कलैयाकी सृष्टि यादव रहनुभएको छ ।

बिदामा भएकाले बाँचेँ स् सहचालक राहुल

पर्साको पोखरिया नगरपालिका–४, पोखरिया बजारका राहुल साह कानु विगत दुई वर्षदेखि सोही बसमा सहचालक कन्डक्टरको काम गर्दै आउनुभएको थियो । असार २५ गतेदेखि नै घरायसी काम भन्दै उहाँ धान रोपाइँका लागि बिदामा बस्नुभएको थियो । बस बेपत्ता भएको समाचार सुनेपछि वीरगन्जस्थित बस काउन्टरमा आउनुभएका राहुलले भन्नुभयो, “बिदामा बसेकाले बाँचे छु । दुःखद् घटना भयो । भावविह्वल छौँ हामी ।

घरमुली हुनुहुन्थ्यो चालक जवाहिर

२० वर्षदेखि यात्रुवाहक बस चलाइरहनुभएका हाल एन्जल डिलक्स बसका चालक वीरगन्ज महानगरपालिका–१६, नगवाका जवाहिर महतो पाँच जनाको परिवारमा एक मात्र कमाउने व्यक्ति गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...