मस्त निद्रामा पहिरोसँगै नदीमा बग्यो यात्रुबस

Published on

काठमाडौं । अविरल वर्षा, मस्त निद्रामा रहेका यात्रु अनि आफ्नै गतिमा गन्तव्यतर्फ चलिरहेको यात्रुबस त्रिशूलीमा डुब्दा वीरगन्ज–काठमाडाँै रुटको बसमा सवार एकै परिवारका तीनसहित १४ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोमा परी पर्साका १४ जना बेपत्ता भएका हुन् । पर्साको रङ्गपुरबाट वीरगन्ज हुँदै काठमाडौँका लागि छुटेको प्रदेश ३–०१००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार २४ मध्ये १४ जना पर्साकै हुन् । २१ जना यात्रु र तीन जना बसका कर्मचारी गरी २४ जना सवार यात्रुबस शुव्रबार बिहान साढे तीन बजे पहिरोको लेदोसँगै बगाएको हो ।

शोकाकुल छन् परिवार

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार सखुवा प्रसौनी गाउँपालिका–२ जमुनियाका हृदयनारायण चौधरी थारू, उहाँकी पत्नी भगवती थरुनी र छोरी चन्द्रप्रभा बससँगै बेपत्ता हुनुभएको छ । उहाँका अनुसार उक्त बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका–३, कटैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता हुनुभएको छ । बसका चालक वीरगन्ज महानगरपालिका–१६ नगवाका जवाहिर महतो, उहाँका मितभाइ वीरगन्ज महानगरपालिका–१६, नगवाका हरिन्द पण्डित, बसका सहयोगी कुमार र बसका कन्डक्टर बसधनीका भाइ काठमाडौँ निवासी राजेन्द्र केसी पनि बेपत्ता हुनुभएको छ । त्यसै गरी वीरगन्ज बसपार्कका रवीन दुबे, रघुनाथपुरका सलिम मियाँ, उहाँकी पत्नी जैनब खातुन, रामनगरीका सुजितसहित दुई जना, वीरगन्ज चिनीमिल पिपराका प्रकाश पटेलसहित दुई जना पनि बससँगै त्रिशूलीमा बेपत्ता हुनुभएको हो । वीरगन्जस्थित एन्जल डिलक्स टिकट काउन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार बसमा सात जना भारतीय नागरिक र दुई जना बारा जिल्लाका रहनुभएको थियो । बाराको मुसहर्वाका प्रमानन्द पण्डित र कलैयाकी सृष्टि यादव रहनुभएको छ ।

बिदामा भएकाले बाँचेँ स् सहचालक राहुल

पर्साको पोखरिया नगरपालिका–४, पोखरिया बजारका राहुल साह कानु विगत दुई वर्षदेखि सोही बसमा सहचालक कन्डक्टरको काम गर्दै आउनुभएको थियो । असार २५ गतेदेखि नै घरायसी काम भन्दै उहाँ धान रोपाइँका लागि बिदामा बस्नुभएको थियो । बस बेपत्ता भएको समाचार सुनेपछि वीरगन्जस्थित बस काउन्टरमा आउनुभएका राहुलले भन्नुभयो, “बिदामा बसेकाले बाँचे छु । दुःखद् घटना भयो । भावविह्वल छौँ हामी ।

घरमुली हुनुहुन्थ्यो चालक जवाहिर

२० वर्षदेखि यात्रुवाहक बस चलाइरहनुभएका हाल एन्जल डिलक्स बसका चालक वीरगन्ज महानगरपालिका–१६, नगवाका जवाहिर महतो पाँच जनाको परिवारमा एक मात्र कमाउने व्यक्ति गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...