पञ्चवर्षीय रणनीतिक योजनामा सुझाव माग

Published on

काठमाडौं । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेट्न सकिने विषयवस्तुमा सुझाव दिन आह्वान गरेको छ । आयोगले २०८१\८२ देखि २०८५\८६ को पञ्चवर्षीय रणनीतिक योजना तयार गर्दै छ ।

आयोगका प्रवक्ता रघुराम विष्टले साउन ७ गतेभित्र रणनीतिक योजनाको मस्यौदामा सङ्घ, संस्था, निकाय, व्यक्ति तथा आमसञ्चारमाध्यमलाई सुझाव दिन आग्रह गरिएको बताउनुभयो । आयोगले निर्वाचन व्यवस्थापनका असल अभ्यासको अध्ययन तथा अवलोकन, अघिल्लो रणनीतिक योजनामा सम्पन्न हुन नसकेका व्रियाकलाप र थप समावेश गर्नुपर्ने विषयको समीक्षा गर्दै मस्यौदा तयार गरेको छ । प्रवक्ता विष्टका अनुसार रणनीतिक योजनामा पाँच वटा रणनीतिक स्तम्भ, ३२ वटा कार्यनीति र १२९ वटा व्रिmयाकलाप कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...