युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

Published on

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ। पोल्तावा क्षेत्रमा दुई, जापोरिझिया, खेरसन र खार्किवमा प्रत्येक एक जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले जनाएका छन्। आक्रमण अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले ठूलो आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी गुप्तचरबाट पाएको जानकारीको आधारमा दिएका थिए। खेरसन सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले खेरसनमा एक स्थानीयको आफ्नै घरमा मृत्यु भएको जानकारी दिएका छन्।

मिडियामा क्षतिग्रस्त आवासीय भवनका तस्बिर प्रकाशित भएका छन्। पोल्तावा क्षेत्रमा दुई जनाको मृत्युसँगै सात जना घाइते भएका छन्। ड्निप्रोपेट्रोभस्क क्षेत्रका दुई जिल्लामा रुसले २० भन्दा बढी पटक आक्रमण गरेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जाले बताएका छन्। सुमी क्षेत्रमा मिनीबस चालक ड्रोन आक्रमणबाट घाइते भएका छन्। रुसको रक्षा मन्त्रालयले हवाई सुरक्षाले युक्रेनका विभिन्न क्षेत्रमा ५५ वटा फिक्स–विङ मानव रहित हवाई आक्रमण विगतमा रोकेको पनि जनाएको छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...