पञ्चवर्षीय रणनीतिक योजनामा सुझाव माग

Published on

काठमाडौं । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेट्न सकिने विषयवस्तुमा सुझाव दिन आह्वान गरेको छ । आयोगले २०८१\८२ देखि २०८५\८६ को पञ्चवर्षीय रणनीतिक योजना तयार गर्दै छ ।

आयोगका प्रवक्ता रघुराम विष्टले साउन ७ गतेभित्र रणनीतिक योजनाको मस्यौदामा सङ्घ, संस्था, निकाय, व्यक्ति तथा आमसञ्चारमाध्यमलाई सुझाव दिन आग्रह गरिएको बताउनुभयो । आयोगले निर्वाचन व्यवस्थापनका असल अभ्यासको अध्ययन तथा अवलोकन, अघिल्लो रणनीतिक योजनामा सम्पन्न हुन नसकेका व्रियाकलाप र थप समावेश गर्नुपर्ने विषयको समीक्षा गर्दै मस्यौदा तयार गरेको छ । प्रवक्ता विष्टका अनुसार रणनीतिक योजनामा पाँच वटा रणनीतिक स्तम्भ, ३२ वटा कार्यनीति र १२९ वटा व्रिmयाकलाप कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...