साफ गेमको तालिका परिवर्तन

Published on

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरिएको छ । साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो ।

तालिका परिवर्तन भएसँगै प्रतियोगिता यसअघि तय भएको मितिभन्दा दुई दिनपछि सुरु हुने भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा नेपालले उद्घाटन खेल १८ अगस्तमा श्रीलङ्कासँग खेल्ने जनाइएको छ । यसअघि उद्घाटन खेल १६ अगस्तमा हुने तय थियो । नेपालले प्रतियोगिताको दोस्रो खेल २२ अगस्तमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘ए’ मा रहेको नेपालले श्रीलङ्का र बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...