साफ गेमको तालिका परिवर्तन

Published on

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरिएको छ । साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो ।

तालिका परिवर्तन भएसँगै प्रतियोगिता यसअघि तय भएको मितिभन्दा दुई दिनपछि सुरु हुने भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा नेपालले उद्घाटन खेल १८ अगस्तमा श्रीलङ्कासँग खेल्ने जनाइएको छ । यसअघि उद्घाटन खेल १६ अगस्तमा हुने तय थियो । नेपालले प्रतियोगिताको दोस्रो खेल २२ अगस्तमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘ए’ मा रहेको नेपालले श्रीलङ्का र बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...