नलिञ्चोकबाट उडान बन्द

Published on

काठमाडौं । हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् । हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा, उडान र अवतरणमा भएका समस्यालगायतका विषयमा ४७ जना पाइलटले असार १६ गते नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार पाइलटका भेलाले तत्कालीन अवस्थामा नलिञ्चोकबाट उडान गर्न नसक्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि नलिञ्चोकबाट उडान नगर्ने निर्णय गरेको छ । हेलिपोर्ट कार्यालयका अनुसार हाल त्यहाँबाट दैनिक ११ वटा हेलिकोप्टरले सेवा दिँदै आएका छन् । बिहीबार नलिञ्चोकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि एउटा उडान भए पनि अन्य कुनै उडान नभएको कार्यालयले जनाएको छ । कार्यालयले मौसम प्रतिकूलताका कारण उडान नभएको दाबी गरेको छ ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले औपचारिक रूपमा उडान बन्द गरिएकोबारे कुनै जानकारी नआएको र देशभरको मौसम प्रतिकूल रहेका कारण उडान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणको पहिलो प्राथमिकता भनेको उडान सुरक्षा हो । पाइटलहरूको ध्यानाकर्षण गराएको विषयमा समस्या समाधान गर्न १५ सदस्यीय समिति गठन भएको छ । उक्त समितिले तत्काल उडान सुरक्षाका विषयमा गर्न सकिने समाधानबारे एक साताभित्र प्रतिवेदन बुझाउने छ । हेलिपोर्ट भर्खरै सञ्चालनमा आएकाले कतिपय संरचना बन्नै बाँकी रहेको हुँदा हेलपोर्टभन्दा पनि तत्काललाई हेलिप्याडका रूपमा प्रयोगका लागि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । पाइलटहरूले वरपरका घरलगायत मानवनिर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँघुरो भएको, भौगोलिक अवस्थिति र पूर्वाधारको पूर्ण तयारी नभएकोलगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने जनाएका छन् ।

पाइटलहरूले प्राधिकरणलाई बुझाएको ज्ञापनपत्रमा हेलिपोर्टको दक्षिण–पूर्वमा विद्युत्को प्रसारण तार, पूर्व र पश्चिममा अग्ला रुख र टेलिकम टावर रहेको, अवतरणका व्रममा सिधा मुनि पश्चिममा अग्लो भवन र बस्तीको बिचमा रहेको हेलिपोर्टमा सामान्य तरिकाले उडान गर्दा हावा, तापव्रम र भारका कारण विमान उडाउन कठिनाइ रहेकाले मार्सलर तथा सुरक्षित उडान तथा अवतरणका लागि एयर ट्राफिक कन्ट्रोलर (एटिसी) चाहिने उल्लेख गरेका छन् । प्राधिकरणले उक्त हेलिपोर्टमा अवतरण र उडान गर्न चार वटा बिन्दु (फाटो, फाइनल एप्रोच, टेकअफ प्वाइन्ट) तोकेको छ तर फाटो बिन्दुमा हेलिपोर्टको सुरक्षा पर्खाल र नजिकै अग्ला घरको अवरोध रहेकाले उडानमा जोखिम रहेको पाइटलहरूको निष्कर्ष छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल (तीन मिनेटको हवाई दुरी) टाढा रहेको यो हेलिपोर्टमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मतसम्भारका लागि ह्याङ्गर र सवारी पार्किङ स्थललगायतका संरचना निर्माण हुन बाँकी छ ।

पाइटलहरूले प्राधिकरणलाई बुझाएको ज्ञापनपत्रमा हेलिपोर्टको दक्षिण–पूर्वमा विद्युत्को प्रसारण तार, पूर्व र पश्चिममा अग्ला रुख र टेलिकम टावर रहेको, अवतरणका व्रममा सिधा मुनि पश्चिममा अग्लो भवन र बस्तीको बिचमा रहेको हेलिपोर्टमा सामान्य तरिकाले उडान गर्दा हावा, तापव्रम र भारका कारण विमान उडाउन कठिनाइ रहेकाले मार्सलर तथा सुरक्षित उडान तथा अवतरणका लागि एयर ट्राफिक कन्ट्रोलर (एटिसी) चाहिने उल्लेख गरेका छन् । प्राधिकरणले उक्त हेलिपोर्टमा अवतरण र उडान गर्न चार वटा बिन्दु (फाटो, फाइनल एप्रोच, टेकअफ प्वाइन्ट) तोकेको छ तर फाटो बिन्दुमा हेलिपोर्टको सुरक्षा पर्खाल र नजिकै अग्ला घरको अवरोध रहेकाले उडानमा जोखिम रहेको पाइटलहरूको निष्कर्ष छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल (तीन मिनेटको हवाई दुरी) टाढा रहेको यो हेलिपोर्टमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मतसम्भारका लागि ह्याङ्गर र सवारी पार्किङ स्थललगायतका संरचना निर्माण हुन बाँकी छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...