फिक्कलमा ‘अटोमेटिक एनालाइजर’ मेसिन

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा बायो केमेस्ट्रीको पूर्ण स्वचालित ‘एनालाइजर मेसिन’ जडान गरिएको छ । नगरले नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै अत्यन्तै छिटो परीक्षण रिपोर्ट दिने गरी बायोकेमेस्ट्रीको पूर्ण स्वचालित एनालाइजर मेसिन जडान गरेको हो । सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०\८१ को वार्षिक स्वीकृत कार्यव्रmम अनुसार मेसिन खरिद गरी अस्पताललाई शुव्रmबार हस्तान्तरण गरिएको हो । मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख रणबहादुर राई, नगर उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय मिलन भट्टराईलगायतको उपस्थिति थियो । मेसिन नेपालमै पहिलो पटक फिक्कल अस्पतालमा जडान गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिनुभयो । मेसिन जडान भएपछि जुनसुकै ल्याबको रिपोर्ट मेसिन चालु भएको १५ मिनेटमा र त्यसपछिको रिपोर्ट प्रत्येक १५\१५ सेकेन्डमा प्राप्त गर्न सकिने शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

जापानी कम्पनीको ‘बायोलिस ३० आई फुलअटोमेटिक बायोकेमिकल एनालाइजर मेसिन’ को मूल्य बजारमा ४५ लाख भारु छ । मेसिनबाट आएएफटी, एलएफटी लिपिट प्रोफाइललगायत २३० प्रकारको परीक्षण गर्न सकिने जनाइएको छ । मेसिनले एक दिनमा एक हजार पाँच सय जनाको परीक्षण गरी तत्काल रिपोर्ट दिन सक्ने दाबी गरिएको छ । शाखा प्रमुख अधिकारीले दुईरतीन घण्टा पर्खेर लिनुपर्ने रिपोर्ट अब बढीमा २० मिनेटमा पाइने भएपछि सेवाग्राहीलाई सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेसिन स्वचालित भएकाले रिपोर्टमा कुनै तलमाथि हुँदैन । यहाँको रिपोर्ट जहाँ गए पनि मान्य हुन्छ । नगरप्रमुख रणबहादुर राईले नगरवासीले अन्यत्र गएर महँगो खर्च तिरेर उपचार गर्नु नपरोस् भनेर नगरले नयाँ प्रविधिको मेसिन जडान गरेको जानकारी बताउनुभयो ।

सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गरेपछि अहिले दैनिक दुई सयदेखि ३५० जनासम्म बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका प्रशासन प्रमुख जनस्वास्थ्य निरीक्षक फाजुङ भोटेले जानकारी दिनुभयो । अस्पतालमा हाल २४ घण्टे आकस्मिक सेवा, ल्याब सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवालगायत विभिन्न सेवा सञ्चालन हुँदै आएको छ । १५ श(याको नगर अस्पताल हाल निर्माण भइरहेको छ । नगरका इन्जिनियर आशिष सुवेदीका अनुसार २०८१ माघ २० गतेभित्रमा सम्पन्न हुने गरी १२ करोड ५५ लाख रुपियाँमा ठेक्का लागेको भवनको ६५ प्रतिशत काम सम्पन्न भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...