नगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पर्यटन

Published on

काठमाडौं । तानसेन नगरपालिकाले १५ औं अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१–८२ को नीति कार्यक्रम तथा बजेट पारीत गरेको छ ।

पारित कार्यक्रमअनुुसार शिक्षा, स्वास्थ्य पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै नगरपालिकाले नीति कार्यक्रम तथा बजेट पारीत गरेको जनाएको छ । शिक्षा स्वास्थ्य पर्यटन र कृषिबाट समृद्धि हासिल गर्न यस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । गरिबी निवारणजस्ता कार्यक्रमदेखि नगर प्रमुखसँग पूर्वाधार समेत प्राथमितामा राखिएको छ । नगरप्रमुख श्रेष्ठले सार्वजनिक सेवा प्रवाह र सुशासन प्रबर्धन, पूर्वाधार विकास र पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यावसायिकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको बताउनुभयो ।

आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको बताउनुभयो । तानसेन नगरपालिकाको आगामी वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा बहुवर्षीय घर आँगनमै नगरप्रमुख, मेयर उत्कृष्ट उद्यमी व्यवसायी, नगर प्रज्ञा प्रतिष्ठान, उपप्रमुखसँग महिला स्वास्थ्य कार्यक्रम, नगरप्रमुख छात्रवृत्ति, महिलामैत्री सहरजस्ता लोकप्रिय कार्यक्रम तानसेन नगरपालिकाले ल्याएको छ । स्थानीय साधन स्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू छनोट गर्ने नगरप्रमख श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले स–साना नगरस्तरीय र वडास्तरीय योजनाको संख्या घटाउन निश्चित सिलिङ र मापदण्ड निर्धारण गरेको छ । त्यस्तै, बालमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाको आन्तरिक आय, अन्तरसरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषण गरी समयसापेक्ष ढंगले नीति तथा कार्यक्रम तय गरिएको छ ।

सभामा वडा ९ का अध्यक्ष तथा लेखा समिति संयोजक राजेशकुमार अर्यालले आर्थिक बर्ष २०८०–८१ मा कुल बजेटको ८०।६९ प्रतिशत खर्च भएको प्रतिवेदन पेश गर्नुभएको थियो । नगरसभा सदस्य तथा जनप्रतिनिधिहरुले आर्थिक विकासको प्रमुख आधार नै कृषि तथा पशुपालन भएकाले तानसेन नगरपालिकाले कृषकहरुलाई कृषि पेशाप्रति विचलित हुने अवस्थामा कृषि क्षेत्रको विकासका लागि कृषक व्यवस्थापन, नविनतम प्रविधि प्रयोग तथा सिप हस्तान्तरणका लागि तालिम तथा भ्रमण, उन्नत वीऊ, मल, पशुपंक्षिको औषधी, खोप, पशु आहारा व्यवस्थापन, कृषि औजारजस्ता कार्यक्रमहरुको समुचित व्यवस्था गर्न सुझाव दिनुभयो । गोरखापत्र

ताजा समाचार

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

काठमाडौं । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले...

मसानघाट नै अतिक्रमणमा

काठमाडौं । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै...

इन्द्रजात्राको रौनक सुरु

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा (येँया)को रौनक सुरु भएको छ । आज...

गण्डकी प्रदेशसभा बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । चालु आर्थिक...