कृषि अनुदानबाट सयभन्दा बढी किसानलाई लाभ

Published on

काठमाडौं । सुनसरीमा चालु आर्थिक वर्षमा समयमै कृषि अनुदानसम्बन्धी सूचना प्रवाह गरी लाभग्राही छनोट गर्दा एक सय बढी किसानले प्रत्यक्ष लाभ पाएका छन् ।

कृषिमा ५० देखि ७५ प्रतिशतसम्म अनुदानको कार्यक्रम रहेकाले सोही अनुसार चालु आर्थिक वर्षको सुरुमा नै कृषि अनुदान प्राप्त गर्न चाहने लाभग्राहीहरूलाई खुल्ला सूचना प्रवाह गरेकाले चार सयभन्दा बढी आवेदन दिएकोमा स्थलगत अनुगमनबाट वास्तविक किसान र कृषि सहकारी तथा समूहहरूलाई आवश्यकतामा आधारित लाभग्राही छनोट गरेको थियो । छनोट भएकामध्ये ३४ किसानलाई माग आधारित ५० हजारदेखि एक लाख रुपियाँसम्मको कृषि सामग्री तथा कृषि उपकरण औजारमा अनुदान दिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत प्रवीण लाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार कृषिमा युवा लक्षित कार्यक्रमअन्तर्गत ४५ लाख रुपियाँ बजेटबाट ५८ जना युवाहरूलाई अनुदान दिएको छ भने खाध्यान उत्पादन, मकै प्रवर्द्धन, गहुँ ब्लक कार्यक्रम, रैथाने बाली संरक्षण कार्यक्रम र पुष्प खेती तथा नर्सरी शीर्षकमा अनुदान उपलब्ध गराएको छ ।

सुनसरीमा धान, गहुँ, मकै खाद्यान्न बालीको रूपमा लगाउँदै आएको छ भने तरकारी, दलहन र सूर्यमुखी तथा तोरी तेलहन बालीको रूपमा लगाउँदै आएका किसानहरूलाई लक्षित गरेर अनुदान वितरण गरेको छ । यहाँका किसानहरूले विगतमा पहुँचका आधारमा अनुदान पाएको गुनासो गर्दै आएकोमा यसपालि वास्तविक किसानले अनुदान पाएको इनरुवा ९ का किसान भोला यादवले बताउनुभयो । यादवले सबैलाई थाहा जानकारी हुने गरी सूचना गर्दा आफूसहित एक सयभन्दा बढी किसानले प्रत्यक्ष लाभ पाएको बताउनुभयो । कोशी प्रदेश सरकारले विगतमा कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको गुनासोलाई ध्यानमा राखेर बनाएको मापदण्ड अनुसार वास्तविक किसानको आवेदनमाथि सुनुवाइ गर्दै अनुगमन गरी अनुदान दिएको छ । कोशीका स्थानीय किसान सन्तोष पहाडीले किसानले पाउने अनुदानमा बिचौलिया हाबी भएको र वास्तविक किसानले नपाएको व्यापक गुनासो आएपछि वास्तविक किसानको पहिचानका लागि स्थलगत अनुगमन गरेर अनुदान पारदर्शिताका साथ वितरण गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र सुनसरीले पूर्णरुपमा पारदर्शिताका साथ १२ वटै स्थानीय तहका लाभग्राहीलाई स्रोत र बजेटले भ्याए अनुसारको अनुदान दिएको प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...