भानु जयन्तीमा कविता प्रतियोगिता

Published on

काठमाडौं । राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा शनिवार बर्दीबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ ।

आदिकविको स्मृतिमा बर्दीबास हेल्प फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा नगर क्षेत्रका १६ वटा सामुदायिक विद्यालयका ४८ जना छात्रछात्रा सहभागी भएको प्रत्योगिता संयोजक सुमित्रा भट्टराईले बताउनुभयो । प्रतियोगितामा साहित्यकार प्रोल्लास सिन्दुलीय, माधव कफ्ले तथा मुकुन्द पौडेलसहित ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष हिरा गौतमले निर्णायक समितिको सिफारिसमा प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ । सहभागीमध्ये सान्त्वना बापत १० जनालाई १्–१ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बर्दीबास नगरप्रमुख प्रल्हाद क्षेत्री र आयोजक फाउण्डेसनका अध्यक्ष हिरा गौतमले आदिकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । नगरप्रमुख क्षेत्रीले आदिकवि भानुभक्तले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्दै भाषा, साहित्य र संस्कृति सभ्यताको पहिचान भएकाले संरक्षण, सम्वर्धनका लागि सवै एकजुट हुनुपर्ने बताउनुभयो । अध्यक्ष हिरा गौतमले फाउन्डेसनले नगरपालिकाको शिक्षा, साहित्य र समाज उत्थानको क्षेत्रमा गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...