भानु जयन्तीमा कविता प्रतियोगिता

Published on

काठमाडौं । राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा शनिवार बर्दीबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ ।

आदिकविको स्मृतिमा बर्दीबास हेल्प फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा नगर क्षेत्रका १६ वटा सामुदायिक विद्यालयका ४८ जना छात्रछात्रा सहभागी भएको प्रत्योगिता संयोजक सुमित्रा भट्टराईले बताउनुभयो । प्रतियोगितामा साहित्यकार प्रोल्लास सिन्दुलीय, माधव कफ्ले तथा मुकुन्द पौडेलसहित ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष हिरा गौतमले निर्णायक समितिको सिफारिसमा प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ । सहभागीमध्ये सान्त्वना बापत १० जनालाई १्–१ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बर्दीबास नगरप्रमुख प्रल्हाद क्षेत्री र आयोजक फाउण्डेसनका अध्यक्ष हिरा गौतमले आदिकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । नगरप्रमुख क्षेत्रीले आदिकवि भानुभक्तले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्दै भाषा, साहित्य र संस्कृति सभ्यताको पहिचान भएकाले संरक्षण, सम्वर्धनका लागि सवै एकजुट हुनुपर्ने बताउनुभयो । अध्यक्ष हिरा गौतमले फाउन्डेसनले नगरपालिकाको शिक्षा, साहित्य र समाज उत्थानको क्षेत्रमा गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...