उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

Published on

काठमाडौं । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ ।

हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ ।

उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् । भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । राज्य सञ्चार माध्यमले प्रसारण गरेको तस्बिर र भिडियोहरूले एम्बुलेन्स र सयौँ उद्धारकर्मीहरू घटनास्थलमा खटिएका देखिइएको छ । रासस\एएफपी

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...