उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

Published on

काठमाडौं । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ ।

हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ ।

उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् । भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । राज्य सञ्चार माध्यमले प्रसारण गरेको तस्बिर र भिडियोहरूले एम्बुलेन्स र सयौँ उद्धारकर्मीहरू घटनास्थलमा खटिएका देखिइएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...