प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ । हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई –१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नु हुने छ । फेब्रअरीमा आईसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए । सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गर्नुभएको थियो । फैसलाले कब्जाको तत्काल अन्त्ये, न्यायपूर्ण र स्थायी शान्तिको स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको छ ।

सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गरी एक बयान जारी गर्दै इजरायलको स्वतन्त्रता र आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । रासस\सिन्ह्वा

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...