धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

Published on

काठमाडौं । जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा किरा देखा परेको छ । जोरायल गाउँपालिका हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ ।

जोरायल गाउँपालिका कृषि शाखा प्रमुख प्रदिप साउँदका अनुसार पातबेरुपा किराले धानमा बसी हरियो पदार्थ खाएर धानको बोटलाई सुकाउने गरेको छ । शाखा प्रमुख साउँदले भन्नुभयो, ‘‘धानमा हल्का खैरो रङ्गको वयस्क पुतली, पखेटामा दुईवटा बाङ्गा–टिङ्गा धर्साहरू भएको लार्भा हल्का हरियो रङ्गका किरा देखा परेको छ । भित्र पट्टि बसी हरियो पदार्थ खाइ धानको पातलाई सुकाइदिन्छ ।’ धानमा किरा लागेको जानकारी किसानबाट आउने वित्तिकै गाउँपालिकाबाट स्थलगन अनुगमन गर्दा पात बेरुवा किराले स्थानीय किसानको तीन रोपनी धान पूर्णरुपमा क्षति गरेको छ । अनुगमनका क्रममा आंशिक रुपमा ५७ रोपनी धानमा असर गरेको जोरायल गाउँपालिका कृषि विकास शाखाले जानकारी दिएको छ । गाउँपालिकाबाट किसानलाई उपचार विधिको जानकारी दिइएको बताइएको छ ।

पात बेरुवा किराका कारण धानको बोट सुक्न थालेपछि किसानलाई धान उत्पादन घट्ने चिन्ताले सताउन थालेको छ । जोरायल गाउँपालिका हंसराज बास्मती चामल जिल्ला बाहिर समेत निर्यात हुने गर्दछ । करिव १० हेक्टर जमिनमा बास्मतीको खेती गरिने गरेको छ । हंसराज बास्मती धानमा किरा लागेपछि किसानले किराबाट धानको सिघ्र उपचार तथा रोकथामको माग गरेका छन् । आफ्नो करिव सात रोपनी खेतमा लगाइएको हंसराज बास्मती धानमा किराले नोक्सान गरेको दुखेसो पोख्दै जोरायल गाउँपालिका ३ की किसान कल्पना बोहराले भन्नुभयो, ‘‘बास्मती राम्रै उत्पादन होला भनेर अरुको जग्गा पनि पैसा दिएर हामीले धान रोप्यौ तर किरा लागेर पुरै खेत सुकिसक्यो ।’ जिल्ला अन्य स्थानमा गरिएको अन्य जातका धानहरुमा समेत यो पात बेरुवा किरा फेला परेको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार जोरायल गाउँपालिका जस्तै के।आइ।सिह गाउँपालिकाको सलेनागााउँ र दिपायल सिलगढी नगरपालिकाको घोल्ताडा लगायत पूर्वीचौकी गाउँपालिका बिभिन्न स्थानमा रोपिएको धान खेतीमा पात बेरुवा किरा देखा परेको छ । केही दिन अघि लगातार रुपमा अत्याधिक वर्षा भएका कारण पातबेरूवा किरा धानका पातमा देखा परेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, ‘‘यो किरा धानको बोट सानो छदा धेरै हुन्छ । धान ठुलो र सुख्खा अथवा घाम लागेपछि हटेर जान्छ । सुख्खा हुँदा समेत नहटे विषाधी प्रयोग गर्नुपर्ने हुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...