गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

Published on

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथाले च्यापेपछि शुक्रबार राति लौठी स्वास्थ्य चौकी ल्याइएको भए पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने स्वास्थ्यकर्मीले भनेपछि गर्भवतीलाई प्रदेश अस्पतालमा लगिएको हो ।

लौठी स्वास्थ्य चौकीका संयोजक नविन भण्डाराले अदानचुली गाउँपालिका –६ को लौठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी बेथा लागेको अवस्थामा स्वास्थ्य चौकीको प्रसुती गृहमा ल्याएको भए पनि अवस्था जटिल देखिएको कारण सुत्केरी गराउन नसकिने भएपछि प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुभयो । बेथाले च्यापेको अबस्थामा गर्भवती बुढालाई स्वास्थ्य चौकीमा ल्याएको भए पनि सुत्केरी गराउन नसकिने भएको र अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीको सिफारिसमा जिल्ला बाहिर रिफर गरिएको उहाँले बताउनुभयो । यसका लागि सहजीकरण स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताउनुभयो । हेलिकोप्टरले उद्धार गरेको भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमले बेहोर्नेछ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...