गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

Published on

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथाले च्यापेपछि शुक्रबार राति लौठी स्वास्थ्य चौकी ल्याइएको भए पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने स्वास्थ्यकर्मीले भनेपछि गर्भवतीलाई प्रदेश अस्पतालमा लगिएको हो ।

लौठी स्वास्थ्य चौकीका संयोजक नविन भण्डाराले अदानचुली गाउँपालिका –६ को लौठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी बेथा लागेको अवस्थामा स्वास्थ्य चौकीको प्रसुती गृहमा ल्याएको भए पनि अवस्था जटिल देखिएको कारण सुत्केरी गराउन नसकिने भएपछि प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुभयो । बेथाले च्यापेको अबस्थामा गर्भवती बुढालाई स्वास्थ्य चौकीमा ल्याएको भए पनि सुत्केरी गराउन नसकिने भएको र अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीको सिफारिसमा जिल्ला बाहिर रिफर गरिएको उहाँले बताउनुभयो । यसका लागि सहजीकरण स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताउनुभयो । हेलिकोप्टरले उद्धार गरेको भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमले बेहोर्नेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...