युरोपेली राजधानी रूसको निशानामा पर्नसक्ने क्रेमलिनको चेतावनी

Published on

काठमाडौं । क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास पूर्ण’ कुरा गर्दै भन्नुभयो, “युरोप हाम्रो क्षेप्यास्त्रको निशाना हो, हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निशाना हो । रूसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ तर यी देशका राजधानीहरू सम्भावित पीडितहरू हुनेछन् । कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत सङ्घको पतनसँगै शीतयुद्ध समाप्त भएको औँल्याइरहँदा पेस्कोभले टकरावले समग्र युरोपलाई कमजोर पार्न सक्ने सङ्केत गर्दै भन्नुभयो, “अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ ।

ह्वाइट हाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियारहरू समय समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइट हाउसले भनेको छ, “यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ । क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङ्टनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्षरूपमा सहभागी भएको आरोप लगाएको छ । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा रूसको सैन्य अभियान सुरु भएपछि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...