युरोपेली राजधानी रूसको निशानामा पर्नसक्ने क्रेमलिनको चेतावनी

Published on

काठमाडौं । क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास पूर्ण’ कुरा गर्दै भन्नुभयो, “युरोप हाम्रो क्षेप्यास्त्रको निशाना हो, हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निशाना हो । रूसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ तर यी देशका राजधानीहरू सम्भावित पीडितहरू हुनेछन् । कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत सङ्घको पतनसँगै शीतयुद्ध समाप्त भएको औँल्याइरहँदा पेस्कोभले टकरावले समग्र युरोपलाई कमजोर पार्न सक्ने सङ्केत गर्दै भन्नुभयो, “अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ ।

ह्वाइट हाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियारहरू समय समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइट हाउसले भनेको छ, “यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ । क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङ्टनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्षरूपमा सहभागी भएको आरोप लगाएको छ । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा रूसको सैन्य अभियान सुरु भएपछि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन् । रासस\एएफपी

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...