सिँचाइको काम अन्तिम चरणमा

Published on

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरपानीस्थित घोर्माफाँट लिफ्ट सिँचाइ योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोर्माफाँटमा आदिवासी अल्पसङ्ख्यक माझी समुदायको बसोबास छ । नजिक सुनकोशीको अथाह जलप्रवाह भए पनि घोर्माफाँट भने सुक्खा छ । माझी समुदायको ठुलो र समतल फाँट रहेको घोर्माफाँटमा सिँचाइ सुविधा नहुँदा स्थानीयले आकासे पानीकै भर पर्नुपर्ने अवस्था छ । अहिले लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

यो आर्थिक वर्षभित्रै योजनाको काम सम्पन्न गर्ने गरी लागेको भए पनि काम पूरा हुन नसकेको खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “घोर्माफाँट राम्रो उत्पादन हुने जमिन हो । नजिकै सुनकोशी बगिरहेको भए पनि यहाँ सिँचाइको समस्या छ । घोर्माफाँटमा सिँचाइ सुविधा पुगेपछि माझी समुदायले तरकारी तथा अन्य अन्नबालीबाट राम्रो आम्दानी लिन सक्ने अपेक्षासहित सिँचाइ योजनाको काम भइरहेको छ । बागमती प्रदेश सरकारको २५ लाख रुपियाँ अनुदान र खाँडादेवी गाउँपालिकाको १७ लाख रुपियाँ गरी ४२ लाख रुपियाँ लगानी रहेको लिफ्ट सिँचाइ योजना आउने साउन महिनासम्म सम्पन्न हुने गरी काम भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । यो लिफ्ट सिँचाइ योजनामा सोलार र बिजुली दुवै सिस्टमबाट पानी तान्न मिल्ने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । किसानको खेतमा पानी वितरण गर्ने कुलोमा प्रयोग गर्ने करिब १० लाख रुपियाँको पाइपका लागि बजेट अभाव देखिएको उहाँको भनाइ छ । यो आयोजना निर्माणपश्चात् घोर्माफाँटको १५० रोपनीभन्दा बढी जमिन सिञ्चित हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले भन्नुभयो, “नदीको पानी ५० मिटरमाथि तानी ७५ हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर पाइपबाट किसानको खेतमा सिँचाइ गर्ने योजना छ । सोलारबाट पानी तान्ने भएकाले निर्माणको समयमा केही खर्च लागे पनि पछि योजना कम खर्चिलो हुन्छ ।” आयोजनामा ७५ हजार लिटरको ट्याङ्की एक घण्टामा भरिने क्षमताका पम्प राखिएको इन्जिनियर ढुङ्गेलले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...