८० जनाको आँखा परीक्षण

Published on

काठमाडौं । मकवानपुरको बकैयामा भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ ।

शिविरमा आँखा परीक्षण गरिएका मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिनुभयो । उहाँहरूको आँखाको एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्र बकैयामा अप्रेसन गरिने गरिने भएको छ । शनिवार बकैया गाउँपालिका– ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा भएको आँखा शिविरमा बकैया–४ का तीन जना, ७ नं. वडाका चार जना र ५ नं. वडाका ७२ जनाको आँखा परीक्षण गरिएको हो ।

सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गर्नुभएको थियो । बकैया गाउँपालिकाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सोमबहादुर माझी, बकैया गाउँपालिका महिला तथा बालबालिका इकाई प्रमुख होमकुमारी संजेल, वरिष्ठ लघुउद्यम सहजकर्ता विकास श्रेष्ठ, राजदमार स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सम्झना राना लगायतकाको उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...