दादुराले अफगानिस्तानमा १६० जनाको मृत्यु

Published on

काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले जनाएको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् । अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लेख गरिएको छ । दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् । रासस\सिन्ह्वा

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...