पशुपतिमा गङ्गामाईको जात्रा

Published on

काठमाडौं । पशुपतिनाथ आर्यघाटकी गङ्गामाईलाई शनिबार ‘गङ्गामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ । हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गङ्गाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ । यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने जनश्रुति रहँदै आएको छ ।

पशुपतिनाथको शिरमा विराजमान देवी गङ्गामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित गङ्गा मन्दिरमा पु¥याई महास्नान गराइन्छ त्यसपछि गङ्गामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपको तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजाका साथ यात्रा गरिन्छ । अमालकोत कार्यालयका द्वारे (मुख्य व्यक्ति) पूर्ण डङ्गोलले पशुपति आर्यघाटको ब्रमनालमा रहेको गङ्गामाईको जात्रा गरिने बताउनुभयो । उहाँका अनुसार गुरुजु पल्टनद्वारा तोप बढाइँ चढाएपछि सुरु भएको जात्रामा रथ तान्दै गौशाला, देउपाटन जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिव्रमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न हुन्छ । डङ्गोलले रथमा राजप्रतिनिधिका रूपमा हनुमान ढोका दरबारबाट ल्याइएको मल्लकालीन राज खड्ग राखिने बताउनुभयो ।

पशुपति देवपतन क्षेत्रका स्थानीयवासीले विशेष रूपमा मनाउने जात्रा सम्पन्न भएपछि गोश्वारा कार्यालयले तीलको लड्डु र शिवाबजी बाँड्ने प्रचलन रहेको उहाँले बताउनुभयो । यस्तै जात्रामा कुनै पनि भोजभतेर नहुने भएकाले रथयात्रा गर्ने मद्दत गर्ने सम्पूर्ण भक्तजनलाई सक्खर चिउरा प्रसादका रूपमा पनि दिने चलन रहेको छ । मन्दिरमा अवस्थित शिलापत्रमा जङ्गबहादुर राणाको ३३ वटा रानीमध्ये गगाँदेखि नाम गरेको रानीले सो मूर्ति १९०६ सालमा स्थापना गरेको पनि उल्लेख रहेको उहाँले बताउनुभयो । त्यसैले यो जात्रा धेरै पुराना नभएको जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...