पशुपतिमा गङ्गामाईको जात्रा

Published on

काठमाडौं । पशुपतिनाथ आर्यघाटकी गङ्गामाईलाई शनिबार ‘गङ्गामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ । हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गङ्गाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ । यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने जनश्रुति रहँदै आएको छ ।

पशुपतिनाथको शिरमा विराजमान देवी गङ्गामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित गङ्गा मन्दिरमा पु¥याई महास्नान गराइन्छ त्यसपछि गङ्गामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपको तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजाका साथ यात्रा गरिन्छ । अमालकोत कार्यालयका द्वारे (मुख्य व्यक्ति) पूर्ण डङ्गोलले पशुपति आर्यघाटको ब्रमनालमा रहेको गङ्गामाईको जात्रा गरिने बताउनुभयो । उहाँका अनुसार गुरुजु पल्टनद्वारा तोप बढाइँ चढाएपछि सुरु भएको जात्रामा रथ तान्दै गौशाला, देउपाटन जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिव्रमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न हुन्छ । डङ्गोलले रथमा राजप्रतिनिधिका रूपमा हनुमान ढोका दरबारबाट ल्याइएको मल्लकालीन राज खड्ग राखिने बताउनुभयो ।

पशुपति देवपतन क्षेत्रका स्थानीयवासीले विशेष रूपमा मनाउने जात्रा सम्पन्न भएपछि गोश्वारा कार्यालयले तीलको लड्डु र शिवाबजी बाँड्ने प्रचलन रहेको उहाँले बताउनुभयो । यस्तै जात्रामा कुनै पनि भोजभतेर नहुने भएकाले रथयात्रा गर्ने मद्दत गर्ने सम्पूर्ण भक्तजनलाई सक्खर चिउरा प्रसादका रूपमा पनि दिने चलन रहेको छ । मन्दिरमा अवस्थित शिलापत्रमा जङ्गबहादुर राणाको ३३ वटा रानीमध्ये गगाँदेखि नाम गरेको रानीले सो मूर्ति १९०६ सालमा स्थापना गरेको पनि उल्लेख रहेको उहाँले बताउनुभयो । त्यसैले यो जात्रा धेरै पुराना नभएको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...