बेलिब्रज बनेपछि राजमार्गमा जोडियो पालिका

Published on

काठमाडौं । जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८, सेरावाडाको तिला नदीमाथि बेलिब्रिज बनेपछि महावै गाउँपालिका अब राजमार्गसँग जोडिएको हो ।

महावै गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा सेरावाडामा बेलिब्रिज पुल निर्माण भएको हो । लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले महावै गाउँपालिकालाई राजमार्गसँग जोड्न ठेक्का आह्वान गरेको थियो । गाउँमा सडक विस्तार भए पनि राजमार्गबाट प्रत्यक्ष जोड्नका लागि तिला नदीमा पुल नहुँदा समस्या हुँदै आएको थियो । सरकारले यहाँको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले छिट्टै सो काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असार मसान्तमा काम सक्नुपर्ने मिति भएको र समयमै पुल निर्माण सम्पन्न भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...