पाँच हजार मिटर अग्लो स्थानामा सडक सुचारु

Published on

काठमाडौं । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमी जाने सडक सुचारु भएको छ । न्यालु लेकमा जमेको हिँउ र पहिरोले भत्काएको सडक मर्मत गर्ने कार्य भएपछि उक्त सडक सुचारु भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले सडक मर्मतपछि सिमकोट लिमी लाप्चाको न्यालु लेकको सडक सुचारु भएको बताउनुभयो । गत मङ्सिरको हिमपातपछि सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालयले सडम सफा गर्ने कार्य गरेपछि यातायात सेवा सुचारु भएको उहाँले बताउनुभयो । सो सडक सुचारु नहुँदा लिमीका स्थानीय हिल्सा नाकाबाट आउजाउ गर्दै आउनुभएको थियो भने सुनखानी प्रहरी चौकीका प्रहरी पनि हिल्सा भएरै चौकीमा जानुभएको थियो ।

उहाँले पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक सफा गर्ने कार्य भएपछि लिमी र लाप्चा क्षेत्रसम्म यातायात सुचारु भएको बताउनुभयो । सडक सुचारु भएसँगै लिमी आउजाउ र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सहज भएको छ । आफ्नो जिल्लामा सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने कार्य भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...