रामघाटलाई रामताल बनाउन आवश्यक

Published on

काठमाडौं । लगातारको वर्षासँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट, शान्तिघाट, तुलसीघाट र बौद्ध अर्घौं सदनलगायतका क्षेत्र जलमग्न भएका हुन् । उक्त क्षेत्र पोखरी नै हुँदा मृत्यु संस्कारमा शव जलाउन समस्या भएको छ । बौद्ध अर्घौं सदन निर्माण समितिका संयोजक खिमबहादुर गुरुङका अनुसार सेतीको पानी ५० फिटमाथि आएको छ । सेती एक्कासि खोलिएमा यसको आसपासका बस्ती खतरामा पर्दै जाने देखिन्छ । पोखराबाट देवघाटसम्म प्रभाव पर्न सक्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । हरेक बर्सातको समयमा रामघाट क्षेत्र प्राकृतिक रूपमा नै ताल बन्ने भएको हुँदा यसलाई पोखरा महानगरपालिकाले रामतालका रूपमा विकसित गर्न खोजेको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले यसका लागि विगतका वर्षमा गुरुयोजना तयार गरी निजी साझेदारीका रूपमा जाने सोचमा रहेको जानकारी दिनुभयो ।

नगरप्रमुख आचार्यले हरेक वर्ष सेती नदीमा ताल बन्ने भएकाले यसलाई संरक्षणका साथै सौन्दर्यीकरण गर्ने सोचाइमा महानगर रहेको बताउनुभयो । उहाँले पोखराको सबैभन्दा ठुलो अस्पताल क्षेत्र र मध्यबजार क्षेत्र यसको नजिक पर्ने भएकाले सौन्दर्यीकरण र संरक्षणका लागि विशेष योजना र अध्ययन आवश्यक रहेकाले आगामी असोजबाट यो योजनालाई अगाडि बढाउने बताउनुभयो । बजारको मुख्य भागबाट सेती नदी लुकेर बगे पनि बर्सातको समयमा आफैँ ताल बन्दा पोखरालाई कति खतरा छ भन्ने बारेमा बृहत् रूपमा अध्ययन भएको छैन । अध्ययन गरी योजना बनाउनुपर्ने भूगोल तथा वातावरणविद् बताउँछन् । भूगोल तथा वातावरणविद् प्राडा कृष्ण केसी भन्नुहुन्छ, “रामघाट क्षेत्रको संरक्षण गर्न ढिलाइ भएको छ । यसप्रति सम्बन्धित सबैको ध्यान जानु पर्छ ।” डा। केसीका अनुसार पोखराको बनोटको माटो कमजोर भएकाले सेतीको वरपरको क्षेत्रमा धाँजा फाट्ने र भासिएर जाने भएको बताउनुभयो । १०\१२ हजार वर्षपहिले घाचोक फर्मेसनले माथिल्लो हेम्जादेखि सेती किनारसम्मको क्षेत्र जोखिम रहेको उहाँको भनाइ छ । नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा व्यवस्थित हिसाबले गर्नु पर्छ अन्यथा यसले निम्त्याउने क्षतिको आकलन गर्न नसकिने उहाँले थप्नुभयो ।

महानगरपालिकाले रामघाट वरपरका क्षेत्र र शान्ति वनलाई बोटानिकल गार्डेनका रूपमा विकास गर्न थालेको जानकारी उहाँले दिनुभयो । यसका साथसाथै विभिन्न सरोकारवाला निकायसहित स्थानीयस्तरबाट पनि यसको संरक्षण गर्न सकेमा महानगरपालिकाले लिएको रामताललाई पर्यटकीय गन्तव्यमा विकास गरी यहाँ धेरै पर्यटक आकर्षित गर्न सकिने योजना सफल हुने डा। केसीले बताउनुभयो । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीका अनुसार शुक्रबार बिहान ८ः४५ बजेसम्मको रिपोर्ट अनुसार पोखरामा पछिल्लो २४ घण्टामा ११२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुनको समयमा यसभन्दा अगाडि धेरै पानी परे पनि यसपालि पोखरा आसपासका क्षेत्रमा लगातारको वर्षाले ठुलो क्षति भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...