मोहरर्रम पर्व शान्तिपूर्ण ढङ्गले मनाउन जिल्ला प्रशासनको आग्रह

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मुस्लिम समुदायको पर्व मोहरर्रममा कुनैपनि प्रकारको उच्श्रृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीद्वरा हस्ताक्षर गरिएको सो सूचनामा मोहरर्रम पर्वको बेला कसैले पनि उच्श्रृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तिव्र गतिमा चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ूमुस्लिम समुदायको महान पर्व मोहर्रम सुरुवात भइसकेको सन्दर्भमा धार्मिक र्याली तया कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेका छन् । पर्वको सम्वेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिड्ने कार्य नगर्न अनुरोध गर्दछौं । सामाजिक सञ्जालमा विद्वेष फैलाउने खालका सामग्रीहरु सम्प्रेषण गर्ने जस्ता उच्श्रृङ्खल व्यवहार नगर्न(नगराउन सोही सूचनामा आग्रह गर्दै कसैले गरेको देखेमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरिएको छ । सूचनाको बर्खिलाप कुनै किसिमका गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ, जिल्ला प्रशासन कार्यालयको सुचनामा उल्लेख गरिएको छ ।

दस दिनसम्म मनाइने मोहर्रम पर्व अहिले बाँकेमा धुमधामका साथ मनाईंदै छ । सो पर्वको अवसरमा हरेक दिन राती जुलुसहरु निस्कने गरेका छन् । बुधवार अपरान्ह अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपुर्वक सम्पन्न गराउनका लागि नेपालगन्जमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको र सदभाव समितिले पनि दिनरात काम गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले मोहर्रम शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...