सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

Published on

काठमाडौं । चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।

भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो। उनीहरूको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरूको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।

प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो।

सजात काठमाडौँ कलङ्कीमा व्यवसायी गरी बस्ने, बा. प्र. ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ। यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन्। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...