फुटपाथ विस्तारमा रोक नलगाउन आदेश

Published on

काठमाडौं । उच्च अदालत पाटनले न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । फुटपाथ विस्तार नगर्न सडक डिभिजन कार्यालयले गरेको पत्राचारविरुद्ध काठमाडौँ महानगरपालिकाले उच्च अदालतमा जेठ २७ गते रिट दायर गरेको थियो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो । जेठ २८ गते नै उच्चको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । सङ्घीय संरचनाको कार्य विस्तृतीकरणविपरीत सडक डिभिजनले महानगरको काममा रोक लगाएको भन्दै रिट दायर भएको थियो । उच्च अदालतले आयोजना वर्गीकरण मापदण्ड र कार्य विस्तृतीकरण माग गरेर विवाद निक्र्योल गरेको थियो । सङ्घीय सरकारले बनाएको उक्त मापदण्डविपरीत हुने गरी महानगरको काममा रोक लगाएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...