गाउँ जोड्ने सबै सडक अवरुद्ध

Published on

काठमाडौं । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को हुलाकी डाँडादेखि सिमलगैरा, सालडाँडादेखि चौभानचौर, वडा नं. ५ को मायाताल–रेक्चा, वडा नं. ६ को साल्म–कोइरालाबास र वडा नं. १० को घाटगाउँदेखि बिजौरा सडक अवरुद्ध भएका छन् । पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबै जसो नाका ठप्प छन् । वातावरण अध्ययन पूरा नगरी प्राविधिकबिना डोजरका चालकद्वारा खनिएका सडकमा जहाँतहीँ ठाउँ ठाउँमा पहिरो गएका छन् । नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक हो कि खोला चिन्नै नसकिने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । यहाँका बासिन्दाले बर्सेनि सडकका कारण सास्ती खेपिरहनुपरेको छ । पालिका अध्यक्ष विकले गाउँपालिकादेखि सदरमुकाम पुग्ने बेलासम्म यहाँका बासिन्दाले जति अरूले सास्ती खेप्नु नपरेको बताउनुभयो । सडक हिलाम्मे भएकाले यहाँका बासिन्दालाई सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्नमा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । पश्चिम सुर्खेतमै रहेको पञ्चपुरी नगरपालिकाका प्रत्येक वडामा सडक पुुगेको छ तर ती सडकमा हिउँदमा सवारीसाधन चल्छन् । ट्र्याक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिबिच वडामा कसले पहिले सडक पु¥याउने भन्ने प्रतिस्पर्धा चल्यो । वातावरणीय प्रभाव मूल्याङ्कन र प्राविधिक लगतबिना धमाधम खनिएका सडकले अहिले यहाँका बासिन्दालाई सुविधाभन्दा पीडा दिन थालेका छन् । नगरपालिकाको वडा नंं. ५, ९, १० र ११ बाढीपहिरोको उच्च जोखिमा छन् । नगरपालिकाभर २०७१ को बाढीले ४२ जनाको मृत्यु भएको थियो भने धेरै बासिन्दा घरविहीन बनेका छन् । अहिले नगरपालिकाका विभिन्न वडामा बाटो अवरुद्ध हुने र नगरपालिकाले पहिरो पन्छाएर सवारीसाधन केही मात्रामा चल्ने गरेका छन् । लेकाली भेगमा सडक खनिएकाले पहिरोको जोखिम बढेको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो । यसै गरी पूर्वी सुर्खेतको लेकबँेसी नगरपालिकाले नयाँ निर्माण गरेका सडकखण्ड अवरुद्ध छन् । जथाभाबी सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार हचुवाका भरमा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । प्राविधिक पक्षको ख्यालै नगरी सडक निर्माण गर्दा वडा नम्बर २ र ८ मा पहिरोको जोखिम बढेको उहाँले जानकारी दिनुभयो ।

यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपत् निम्तने गरेको छ । लामो समयदेखि सडक पूर्वाधारका क्षेत्रमा काम गर्दै आउनुभएका इन्जिनियर हरि केसीले स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको बताउनुभयो । उहाँका अनुसार त्यसरी निर्माण गरिएका धेरै जसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ । सङ्घीय र प्रदेश सरकार जस्तै पालिकाको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठुलो हिस्सा सडक निर्माणमा खर्च गरिए पनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ । प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भूभागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरो जस्ता प्राकृतिक विपत्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । छरिएर रहेका बस्तीमा मनपरि सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको प्राविधिकहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोबाट कर्णालीमा ठुलो मानवीय क्षति हुने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७\७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै आर्थिक वर्ष २०७८\७९ मा १७, आर्थिक वर्ष २०७९\८० मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको हालसम्म छ जनाको पहिरोमा परी ज्यान गएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...